काँग्रेसले प्रदेशस्तरीय भेला गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर प्रदेशस्तरीय आमसभा गर्ने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले सातै प्रदेशमा निर्वाचन केन्द्रित आमसभा गर्ने तयारी गरेको समिति सदस्य एवम् वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले जानकारी दिए । बैठकले भेलाको मिति भने सभापति शेरबहादुर देउवासँग समन्वय गरी तय गरिने जनाएको छ ।
बैठकले निर्वाचनमा पार्टीको प्रदेशदेखि टोलस्तरसम्म निर्वाचन परिचालन समिति बनाउन परिपत्र गर्ने र मुलुकभरबाट सूचना सङ्कलन तथा सम्पे्रषणका लागि पार्टी केन्द्रीय कार्यालयमा सशक्त सञ्चार केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।
बैठकले निर्वाचनका विषयमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाका साथै व्यवसायीसँग छलफल गर्ने निर्णय गरेको छ । समितिको आज बसेको पहिलो बैठकले समितिको कार्यविधि तय गर्नाका साथै निर्वाचनमा पार्टीको भूमिका सशक्त बनाउन सबै संरचना कसरी परिचालन गर्ने सम्बन्धमा छलफल भएको समिति सदस्य पुष्पा भुसालले जानकारी दिए ।
पार्टीको मङ्गलबार सम्पन्न केन्द्रीय समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत र सुजाता कोइराला सदस्य छन्।
त्यस्तै समिति सदस्यमा भुसाल, भण्डारी, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, रामकृष्ण यादव, हृदयराम थानी, विश्वप्रकाश शर्मा, रमेश लेखक, सरिता प्रसार्इं, सूर्यमान गुरुङ र रोमी गौचन थकाली रहेका छन् ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...