ताजा समाचार

भारतीय ट्रक सँग ठोकिदा यात्रुबाहक बस दुर्घटना , ५ जनाको मृत्यु, ५ जना घाईते


गैँडाकोट । नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् मध्यविन्दु ७ स्थित ४० किलो जंगलमा पश्चिमबाट पूर्वका लागि जादै गरेको ना ४ ख ४९९५ नम्बरको बस र सोही दिशाबाट छुटेको यु पि ५८ टी ५४७१ नम्बरको भारतीय ट्रकसँग ठोक्कीदा ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ५ जना घाईते भएका छन । बसमा रहेका ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने भारतीय ट्रकका चालकको उद्धार गर्नेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

मृत्यु हुनेमा , १७ बर्षीय विरवल चौधरी, दाङ जिल्लाका १६ वर्षीय बलीराम चौधरी र सुर्खेत जिल्लाका ४० बर्षीय हरिराम जालीमगर रहेको प्रहरीले बताएको छ भने अर्का एक यात्रुको नाम ठेगाना खुल्न सकेको छैन । यस्तै २५ वर्षका भारतीय ट्रक चालक विहारको बर्गदवा बस्ने रियाज खान रहेका छन्।

घाईते भएका ५ जनाको अहिले कावासोती मध्यवित्न्दु सामुदायिक स्मृती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org