ताजा समाचार

चुनाव हुँदैन की भन्ने शङ्का नगरौं– उपप्रधानमन्त्री थापा

चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अब चुनाव हुदैँन की भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गरेका छन् ।

जिल्ला समन्वय समिति कास्कीबाट स्थानीय तह कार्यान्वयनको अवस्था, विकास निर्माणका गतिविधि र स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिएपछि उनले असन्तुष्ट आन्दोलनरत दललाई चुनावमा सहभागी बनाउन विश्वासिलो वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत रहेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे

“अब कुनै सहमति र सम्झौता भए पनि चुनाव रोकिँदैन “ उनले भने – “चुनाव सार्ने तथा स्थगित गर्न कुनै सहमति र सम्झौता हुदैँन ” ।देश अहिले संविधान कार्यान्वयनको ऐतिहासिक क्षणमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै किसिमको कमी कमजोरी नगर्ने दृढता व्यक्त गरे ।

उनले निर्वाचन सफल तुल्याउन सुरक्षा निकाय, स्थानीय प्रशासन र राष्ट्रसेवक कर्मचारीसँग आग्रह गरे ।उनले नयाँ संरचना लागू भए पनि स्थानीय तहमा कार्यरत कर्मचारीको सेवा, सुविधा र वृित्तविकासमा भने कुनै नकारात्मक असर नपर्ने बताउँदै स्थानीय तहमा हुने विकास निर्माणको कार्यको पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन आग्रह गर्नुभयो । सो अवसरमा पश्चिमान्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले यस क्षेत्रको सुरक्षा अवस्था र जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी बलराम ढकालले जिल्लाको स्थानीय तहको गतिविधिमाथि प्रकाश पारेका थिए । रासस

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org