ताजा समाचार

मधेस–पहाड दुबैतिर अतिवादको खतरा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरु सहमतिनजिक पुगेको बताएका छन् । मधेस जातीय समन्वय समाजले आइतबार सिंहदरबारमा पुगेर बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउने विषयमा दलहरुबीच सहमति हुनै लागेको बताए । उनले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यकपर्ने भएकालेमात्र केही समस्या भएपनि अब दलहरुबीच सहमतिको विन्दू भेटिन लागेको स्पस्ट पारे । उनले सकभर सबै राजनीतिक दलहरुबीच सहमतिको प्रयास गरिने र त्यो नभए सरकार र मधेसी मोर्चाबीच सहमति गरेर निर्वाचनमा जाने बताए । उनले मधेस र पहाड दुबैतिर अतिवादको खतरा रहेको भन्दै त्यसबाट बच्नुपर्नेसमेत बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org