ताजा समाचार

महिला सिटमा पुरुषको लिंग देखेपछि… (हेर्नुहोस् भिडियो)

एजेन्सी । सवारी साधनको सिट कस्तो हुनुपर्छ ? पक्कै पनि आरामदायी र भरपर्दो । तर, मेक्सिको सिटी मेट्रोमा भने नयाँ खाले सिट भएकाले यात्रुहरु अचम्ममा परेका छन् । उक्त बसमा लगाइएको ‘पेनिस सिट’ लाई अनुचित, असुविधाजनक, अपमानजनक र शर्मनाक भन्दै तिब्र आलोचना भइरहेको छ । विशेषगरी महिलाहरुले त्यस प्रकारको सिटको विरोध गरेका छन् ।
सीटमा राखिएको ‘पेनिस’ अर्थात् नक्कली लिंग महिला यात्रुका विरुद्ध यौन उत्पीडनको र ध्यानआकर्षित गर्नका लागि बनाइएको बताइएको छ ।
उक्त सिटमा लेखिएको छ, ‘यहाँ बस्नु अफ्ट्यारो छ, तर यो दैनिक यात्राका क्रममा झेल्नुपर्ने असुविधा भन्दा बढी होइन ।’ सिटमा बनाइएको आकृति ह्यासट्याग नोएसडीहोमब्रेसको हिस्सा हो । यसले सार्वजनिक यातायातमा महिलामाथि हुने यौन हिंसाको उत्पीडनमाथिको संकेत गर्छ । यस प्रकारको अभियानलाई मानिसहरुले विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org