सुन डकैतीमा संलग्न प्रहरीसहित छ पक्राउ
काठमाडौँ, २० चैत । मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैती गर्ने समूहमा तीन जना प्रहरीको समेत संलग्नता भेटिएको छ ।
घटनामा संलग्न छ जनालाई पक्राउ गरी आज महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । तीन जना अझै फरार रहेका महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
महानगरीय प्रहरीवृत्त लैनचौरमा कार्यरत प्रहरी जवान अजय गुरुङ पक्राउ परेका छन् भने सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार बलबहादुर मगर र प्रहरी जवान नवीन ढकाल भने फरार रहेका छन् ।
मरुहिटीमा प्रेमरत्न शाक्यको पाँचतले घरको पहिलो तलामा भारत घर भएका शिव माइटीले सञ्चालन गरेको सुनका गरगहना बनाउने कारखानाबाट शुक्रबार आठ जनाको सङ्ख्यामा आएका लुटेरा समूहले आफूहरु प्रहरी भएको र पसलमा अवैध सुनको कारोबार भइरहेको सूचना आएको भन्दै धम्की दिई लुटपाट गरेका थिए ।
कारखानामा कार्यरत छ जना कामदारलाई नियन्त्रणमा लिई कारखानामा गहना बनाउन ल्याइएको विभिन्न सुनका गरगहना ६४ तोला, नगद रु १३ हजार र मोबाइल चार थानसमेत लुटपाट गरेका थिए ।
महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट शनिबार पक्राउ गरी डाका मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।
प्रहरीले काभ्रे घर भई ठमेलमा बस्दै आएका सुवास खरेल, धादिङ घर भई बालाजुमा बस्दै आएका सवारी चालक राजकुमार तामाङ, काभ्रे घर भई राजधानीमा डान्सबारमा काम गर्ने देव तामाङ भन्ने सुन्दर तामाङ, डान्सबारमा बाउन्सरको काम गर्ने ललितपुर बालकुमारी बस्ने पाल्देन भन्ने क्षितिज तामाङ र लाप्साङ लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न धादिङ छत्रेदेउराली घर भई सीतापाइला बस्ने हर्कबहादुर तामाङ भने फरार रहेका छन् ।
लुटपाट गर्दा छ जना सँगै गएका थिए भने अन्य दुई जना तल ढोकामा मान्छे हेर्न बसेको प्रहरीले जनाएको छ ।
सुन लुटपाट गर्ने स्थानमा लुटपाट गर्न जाने सबैले लुटपाट गरेको सामान आ–आफ्नो गोजीमा राखेका थिए । घटनापश्चात् सामान लिएर सबै जना सोह्रखुट्टेस्थित बन्दै गरेको भवनमा गई आफूले लगेको सामान निकाली रुमालमा पोको पारी देव भन्ने सुन्दर तामाङलाई राख्न दिएका थिए ।
शनिबार दिउँसो सामान बिक्री गर्न भनी योजना बनाउँदै गरेका अवस्थामा सोह्रखुट्टेस्थित एक चिया पसलबाट प्रहरीले पक्राउ गरेको महाशाखाका प्रमुख अमात्यले जानकारी
दिए । रासस
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...