ताजा समाचार

भोलिदेखि उपभोक्ताले ‘युरो ४’ मापदण्डको इन्धन खरिद गर्न पाउने

काठमाडौं । उपभोक्ताले मंगलबारदेखि ‘युरो ४’ मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् । भारतीय आयल निगम ‘आईओसी’ ले शनिबार युरो ४ को इन्धन दिन थालेको हो । हाल बजारमा युरो ३ मापदण्डको इन्धन बिक्री हुन्छ ।

आयल निगमका अनुसार युरो ४ का लागि गत कात्तिकमा आईओसीसँग सौद्धान्तिक सहमति भएको थियो । गत साता निगम र आईओसीबीच ५ वर्षे इन्धन सम्झौता नवीकरण भएपछि युरो ४ मापदण्डको इन्धन आयात गर्ने बाटो खुलेको हो ।

निगमका बिक्री वितरण विभाग प्रमुख एव प्रवक्ता सीताराम पोखरेलका अनुसार शनिबार सिलगुढी, बरौनी र रक्सौल रिफाइनेरीबाट ४ हजार ९२ किलोलिटर इन्धन लोड भएको थियो । तीमध्ये ७ सय ९२ किलोलिटर पेट्रोल र ४ हजार ८ सय ८४ किलोलिटर डिजेल रहेको उनले बताए ।

यसमा सल्फरको मात्रा कम हुन्छ । जसले वायु प्रदूषणमा पनि कमी आउँछ । युरो ३ मा १ सय ५० पीपीएम सल्फर हुन्छ । युरो ४ मा भने ५० पीपीएम हुन्छ । युरो ३ मा एरोम्याटिक ‘सुगन्ध’ को मात्रा ४२ हुन्छ । युरो ४ मा भने ३५ हुने निगमले जनाएको छ ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले युरो ४ को इन्धन राम्रो भए पनि त्यसबाट हुने आर्थिक क्षतिबारे अध्ययन गर्नुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org