जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई १० लाख
गुलरिया (बर्दिया), २१ चैत । बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई निकुञ्जले राहतस्वरुप रु १० लाख प्रदान गरेको छ ।
आइतबार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका–२ कर्मलाका विश्रामवादीलाई बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले राहतस्वरुप रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
जङ्गली हात्तीले कुल्चिँदा एकमात्र छोराको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयवासी सडकमा उत्रिएर शव उठाउन नदिएपछि निकुञ्जसँग वार्ता गर्दा विश्रामवादी पीडित भएको भन्दै स्थानीयवासी र श्रीरामनगर उपभोक्ता समितिको पहलमा थप रु पाँच लाख राहत रकम प्रदान गरिएको हो ।
मृतकका बुबालाई जीविकोपार्जनका लागि आयमूलक कार्यक्रममा समेत सहयोग गर्ने निकुञ्जले जनाएको छ । सरकारले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई रु पाँच लाख राहत रकम उपलब्ध गराउने व्यवस्था छ तर एक महिना अघिदेखि जङ्गली हात्तीले निकुञ्ज आसपासका गाउँमा आतङ्क मच्चाइरहेका बेला हात्तीले कुल्चिँदा एक मात्र छोराको ज्यान गएपछि श्रीरामनगर उपभोक्ता समिति र अन्य सङ्घसंस्थाको सहयोगमा थप रु पाँच लाख गरी राहतस्वरुप रु १० लाख प्रदान गरिएको हो ।
वन्यजन्तु संरक्षणमा लाग्दालाग्दै वन्जन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारजनलाई राहतस्वरुप प्रदान गरिने रु पाँच लाख रकमबाट बढाएर रु १० लाख राहत रकम उपलब्ध गराउन प्रस्ताव गरिएको निकुञ्जका निमित्त संरक्षण प्रमुख थापाले बताउनुभयो ।
निकुञ्जबाट गाउँमा पसेको जङ्गली हात्ती भगाउन गएका बेला हात्तीले कुल्चिँदा गत फागुन २४ गते ठाकुरबाबा–२ कर्मलाका २० वर्षीय विजय बादी नेपालीको ज्यान गएको थियो । बर्दिया निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले कुल्चिँदा एक वर्षभित्र छ जनाको ज्यान गइसकेको छ । रासस
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...