ताजा समाचार

नेतृ हिसिला यमीले यसरी मागिन माफी (भिडियोसहित)

काठमाडौं । प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्कौ आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै मातृभूमिको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको बताएकी हुन् ।

आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, उनकी पत्नी यमी लगायतलाई पक्राउ गरेको थियो । त्यसक्रममा यमीले ‘यो देश खारेज गर’ भन्ने नारा लगाएकी थिइन् ।

नेपाली भाषामा राम्रो दखल नहुनुका साथै आन्दोलनको दबाव, आवेश र बेहोसीमा आदेशलाई अन्यथा भन्न पुगेको प्रस्ट पार्दै उनले भनिन्, ‘साथीहरुले रोकेपछि मात्र म होसमा आएँ र आफ्नो गल्ती महसुस गरेँ ।’

यो परिस्थिति जन्य घटना भएको भन्दै उनले बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति आफू अत्यन्त दुःखी रहेको वताईन् । म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु, उनले भनिन् ।

हेर्नुहोस् भिडियो,

 

https://www.facebook.com/NayaShaktiNepal.Org/videos/441895542815596/

 

 

 

यो पनि पढ्नुस् ,

http://news-nepal.com/%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%B6%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A4%95%E0%A4%BE-%E0%A4%A6%E0%A4%B2%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org