ताजा समाचार

सरकारले नदेखेको दर्द

सुर्खेत । बाढीका कारण विस्थापित भएका गिरीघाट क्षेत्रका बाढीपिडितको बाँस र गाँसको जोहो हुन सकेको छैन । पुर्नस्थापनको पाउने आशा राखेका बाढीपिडित आशा त्यसै मरेको छ । सरकारी तवरबाट खान र बस्नका लागि कुनै आर्थिक सहयोग हुन नसकेको पीडित बताउँछन् ।

बाढीका कारण हरिहरपुर गाविस बाढीले घरबास बगेको पीडा उस्तै छ । गिरीघाटकोबीच जंगलमा साना छाप्रोमा बस्दै आएका छन् । बाढीबाट सबै गुमेपछि भोकभोकै र खुल्ला आकाशमा बस्न थालेका ३२ महिना पुग्दासम्म उनीहरु सुताई खानपिन बन्दा बस्तो भएको छैन् ।

बाढीले तहसनहस बनाएपछि सरकारी सहयोग र राहात आउने आशा गरेका बाढीपिडितहरु अहिले निराश हुँदै गएका छन् ।
हरिहरपुर सिस्नेरी वडा नं ५ का बिर्खबहादुर बिक अहिले ६० वर्ष पगेको छन् । बिर्खबहादुरलाई हरिहरपुरमा आएको बाढी उनलाई झलझली मस्तिष्कबाट हटेको छैन् । गिरी घाटमा भाईसँग बस्दै आएका छन् ।

उनी एकल जीवन बिताउँदै आएका छन् । उनको विवाह गर्ने रहर अधुरै छ । उमेरले ६० वर्षका भईसके केटी पाए सम्म विवाह गर्ने बताउँछन् । उनलाई हरिहरपुरमा फकिएर जान पटक्कै मन छैन । उनले भने सरकारले पुनस्थापना गर्ने नसकेको दुखेसो पोखे । बिहान–बेलुको छाक टार्न गाह्रो भएपछि गिरीघाट नजिकैको खोला काँसीखोलाबाट दिन भरी बगरबाट ढुङ्गा बोकेर बस्तीसम्म ल्याउने बताए ।

उनले भने, ‘बगरबाट ल्याएको ढङ्गाले गिठी कुटछु दिन भरी ३ कट्टा कुटन सकिन्छ । कहिले थकाई लाग्छ । गिठी कुटेर कट्टाको ५० रुपैयाँमा बिक्री हुन्छ । त्यही रुपैयाँले नुन तेल तरकारी खाने मात्र ठिक हने बिर्खबहादुरले गुनासो गरे ।

बिर्खबहादुर मात्र होइन हरिहरपुरका सितला बिक अहिले १५ वर्ष भइन् । कक्षा ६ मा पढ्दापढदै विवाह बन्धनमा बाधिन पुगेकी थिइन् । सितला बिहान बेलुका खर्चको जोहो गर्ने नसक्दा गिठी कुट्न बाध्य भएकी छिन । उनले भनिन्, ‘अहिले गिरीघाटमा बस्दै आएको ३ वर्ष पुग्न लाग्यो सरकारले भूकम्प पिडित सरह र हात दिने आशा दिएको छ । अहिलेसम्म पुनस्थाना नभएको दुखेसो पोख्दै कहिले नयाँ घरमा बस्ने हो ।’ उनले भनिन् ।

सितला काँसीघाट खोलबाट ढुङ्गा बाकेर ल्याएर कुटने गरेको बताइन् । दिनभरी ३ कट्टासम्म गिट्टी कुट्नु दिउँसो गर्मीमा कुट्न सकिन्न गिटी बजारबाट घर निमार्ण गर्नेहरुले कट्टाको ५० रुपैयाँ किनेर लिने गर्छन् । त्यही पैसाबाट नुन र तरकारी खान सजिलो भएको सितलाले बताईन् । उनका श्रीमान वीरेन्द्रनगरमा घर निमार्णमा मजदुरीको काम गर्ने बताईन् । खुल्ला आकाशमुनीको त्रिपालमा बस्दै आएकी ७० वर्षकी चित्रकलाको गुनासो पनि त्यही छ ।

चित्रकलाको ८ जनाको परिवार छन् । हरिहर पुर सिस्नेरी घटना उनकै आखाँको नजरमा घुमेको बताईन् । उनले त्यो दिन आफ्ना निम्ती कालो रात भएको बताईन् । उनी एकल परिवार पनि हुन् । बुढेसकालमा गिट्टी कुट्न पनि गाह्रो भएको दुखेसो पोखिन् । उनले सरकारले राहात दिएको भए पनि बासको व्यवस्था हुने बताएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org