ताजा समाचार

ईपीजी बैठक सुरु, यस्ता छन् एजेण्डा

चैत २३, काठमाडौं । नेपाल र भारतका सन्धि–सम्झौतामा समयसँगै विभिन्न खालका विवाद र सन्तुलन नभइरहेको अवस्थामा यस विषयमाथि दुवै देशका बुद्धिजीविहरुले छलफल थालेका छन् ।

नेपाल र भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह ‘ईपीजी’ ले राजधानीमा छलफल थालेको हो । यसअघि हुने भनिएको ईपीजीको बैठक तय भएपनि दुईपटक सम्म सरेको थियो । अघिल्लोपटक भारतीय निर्वाचनले बैठक बस्न नसकेपनि यसपटक भने दुवै देशका बुद्धिजीवीहरुलाई एजेण्डामाथि छलफल गर्ने समय मिलेको छ ।
ईपीजी बैठकले सन् १९५० मा भएको बहुचर्चित सन्धिबारे मिहीन छलफल गर्नेछ । छलफलको अर्को एजेण्डा नेपाल–भारत व्यापार सम्बन्ध र जलस्रोतको सहकार्य समेत छ । बैठकमा भारतको तर्फबाट भगतसिंह कोसियारीको नेतृत्वमा बुद्धिजीवीहरु राजधानी आइपुगेका छन् । कोसियारी बिजेपीका नेता हुन् । कोसियारीसँगै पूर्वराजदूत जयन्तप्रसाद, महेन्द्रपी लामालगायतको उपस्थिति छ ।

नेपालको तर्फबाट छलफलको नेतृत्व पूर्वराजदूत भेषबहादुर थापाले गरेका छन् । बैठकमा सूर्यनाथ उपाध्यायलगायत नेपाली बुद्धिजीवीहरु सहभागी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org