ताजा समाचार

अख्तियारमाथि नलसिङगाडका निलम्वित निर्देशकले लगाए यस्तो आरोप

काठमाडौं । परामर्शदाता छनोटमा २७ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका नलसिङगाड जलविद्युत आयोजनाका निलम्वित कार्यकारीनिर्देशक मोतीबहादुर कुँवरले अख्तियारमाथि गम्भीर आरोप लगाएका छन्।

अदालतमा विचाराधीन मुद्दामा न्यायिक काम कारवाहीलाई समेत प्रभावित पार्नेगरी दैनिक पत्रिकामा विज्ञप्ति  प्रकाशन गरी अख्तियार जल माफियाको चंगुलमा परेर आफुमाथि मुद्दा लगाएको आरोप कुँवरले लगाएका हुन्।

परामर्शदाता छनोटमा कुनै अपारदर्शी काम नभएको भन्दै उनले उर्जा मन्त्रालय, संसद्को सार्वजनिक लेखा समिति र अख्तियार माफियाबाट प्रभावित भएको आरोप लगाए।

विज्ञप्तिमा उनले आफुजस्तो इमानदार, कर्तव्यनिष्ठ, र निर्दोष राष्ट्र सेवकमाथि षडयन्त्रपूर्वक मुद्दा चलाइएको भन्दै त्यसलाई सतीले सरापेको देश’को संज्ञा दिए।

मन्त्रिपरिषद्बाट आयोजना विकास समितिलाई विघटन गराउने प्रस्ताव असफल भएपछि माफियाहरुले उर्जा मन्त्रालय, संसद्को सार्वजनिक लेखा समिति र अख्तियारलाई दुरुपयोग गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘ उत्कृष्ठ प्रगति गरेको राष्ट्रिय गौरवको आयोजनालाई हस्तक्षेप गर्नु राष्ट्रकै लागि दुर्भाग्य हो। नलसिङगाडले यो जलविद्युत आयोजना विकास समितिलाई बेची खाने जल माफियाको यो ठूलो गेम प्लान हो।

छिट्टै षड्यन्त्रको सतहमा छताछुल्ल हुनेछ। कृपया सवैले विचार गर्नुहोला। हामीलाई विश्वास छ, नलसिङगाड जलविद्युत आयोजनालाई माया गर्ने बहादुर जाजरकोटका विकासप्रेमी जनताहरुले नलसिङगाडलाई बेच्न दिने छैनन् र असली दलालहरुको भण्डाफोर गर्नेछन्।

 

हेर्नुहोस् विज्ञप्ती,

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org