ताजा समाचार

निर्वाचन अधिकृतको पँजनीः ७३ जनाको नाम हटाइयो, ७० जना नयाँ थपिए

चैत, २६ काठमाडौं । निर्वाचन आयोगले ७३ जना निर्वाचन अधिकृतहरुको नाम हटाएको छ भने ७० जना नयाँ निर्वाचन अधिकृतहरु थपेको छ । २४ जनालाई अन्तै सरुवा गरिएको छ र २० जना निर्वाचन अधिकृतहरुलाई जगेडामा राखिएको छ ।
नयाँ नियुक्त भएका साथै जगेडामा राखिएका निर्वाचन अधिकृतहरुलाई तोकिए अनुसारको स्थानमा तालिममा सहभागी हुन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयोगले यसअघि निर्वाचन अधिकृतको नामावली भने चैत २२ मै प्रकाशन गरेको थियो । सो नामावलीलाई सच्याउँदै चैत २६ गते ७३ जना निर्वाचन अधिकृतहरुको नाम हटाएर अरु नियुक्त गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org