ताजा समाचार

आइपिएलको आचार संहिता उल्लंघन गरेको आरोपमा धोनीलाई चेतावनी

 

 

एजेन्सी ।  पछिल्लो ९ संस्करणसम्म आइपिएलमा कप्तानको भूमिकामा देखिएका महेन्द्रसिंह धोनीले यो सिजनको पहिलो खेल राम्रो गर्न सकेनन् । उनको ब्याटले आकर्षक खेल देखाउन सके, न विकेटकिपिङले नै। मुम्बई इन्डियन्सविरुद्धको खेलमा उनको हातबाट एउटा क्याच छुट्यो ।

आइपिएलको आचार संहिता उल्लंघन गरेको आरोपमा उनलाई अहिले चेतावनी दिइएको छ। के कारणले गर्दा उनले चेतावनी पाए, यस विषयमा आइपिएल कमिटीले स्पष्ट पारेको भने छैन्। तर, जानकारहरुका अनुसार विहिबारको खेलमा धोनीले डिआरएसको माग गरेको अपिलका कारण उनले चेतावनी पाएको बताउँछन्।

धोनीले किरन पोलार्डविरुद्ध १५ ओभरको खेलमा आउटको माग गरेका थिए। उनले यसका लागि डिआरएसको पनि माग गरेका थिए। जसलाई अम्पायरले तुरुन्तै खारेज गरेका थिए।

आइपिएलमा धोनी अब पूणे टिमको कप्तान छैनन्। उनलाई कप्तानी पदबाट हटाएर अस्ट्रेलियाका स्टिभन स्मिथलाई नेतृत्व चयन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org