ताजा समाचार

मोर्चासँग बस्ने भनिएको बैठक किन अकस्मात रद्द भयो ?

काठमाडौं, २८ चैत । संविधान संशोधनका विषयमा मधेसी मोर्चासँग आज विहान १० बजे बस्ने भनिएको बैठक अकस्मात रद्द भएको छ । विहान बैठकमा आउने तयारी गरिरहेका मोर्चाका नेताहरुलाई बैठक स्थागित भएको जानकारी दिइएको छ ।

प्रधानमन्त्रीको सचिवालयले मोर्चाका नेताहरुलाई बैठक रद्द भएको सूचना दिएको थियो । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूलाई कुन कारण अकस्मात बैठक रद्द भएको हो भन्ने बारेमा जानकारी नभएको बताए ।

बैठक रद्द गरिएपनि अर्को बैठक कहिले बस्ने भन्ने कुनै जानकारी दिइएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि नयाँ प्रस्ताव तयार पारेको भन्दै सहमति आज मोर्चासंग बैठक बस्ने जानकारी दिएका थिए ।
जुटाउन मोर्चाका नेताहरुसँग छलफल अघि बढाइरहेका छन् ।

यही सिलसिलामा प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग आइतबार बेग्लाबग्लै छलफल गरेका थिए । सोमबार बिहान यसमा अन्तिम सहमति जुटाउने भन्दै प्रधानमन्त्रीले शीर्ष नेतासँग छलफल गर्ने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org