ताजा समाचार

संविधान संशोधनबारे धारणा बनाउन मोर्चा आन्तरिक छलफलमा

काठमाडौं ३० चैत । सरकारले संसदमा पेश गरेको नयाँ संविधान संशोधन विधेयकका बिषयमा औपचारिक धारणा तय गर्न मधेशी मोर्चा आन्तरिक छलफलमा जुटेको छ ।

सिमांकनको बिषय संघीय आयोग मार्फत टुङ्गयाउने भन्दै सरकारले ११ बुँदे संशोधन विधेयक संसदमा दर्ता गरेपछि मधेशी मोर्चाले नयाँ संशोधनका बिषयमा आधिकारिक धारणा तय गर्न लागेको हो ।  विजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यालयमा बसिरहेको छ ।

स्थानीय तह निर्वाचनमा सहभागि हुन संविधान संशोधन हुनुपर्ने अडान राख्दै आएको मधेशी मोर्चाले नयाँ संशोधन प्रस्ताव पारित हुने ग्यारेन्टी सरकारसंग माग गर्ने तयारी गरेको छ ।
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले नयाँ संशोधन प्रस्ताव अपुरो रहेको भन्दै प्रस्ताव पारित हुने सुनिश्चितता आफुहरुलाई चाहिएको बताउनुभयो । सरकारले सहमतीमा नयाँ संशोधन प्रस्ताव दर्ता गरेको बताएपछि मधेशी मोर्चा र प्रतिपक्षी एमाले विपक्षीमा उभिने संकेत गरेका छन् । फा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org