ताजा समाचार

डा.भट्टराईलाई नेता मान्न यादव तयार,यस्ता छन् पार्टी एकताका आधार

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी कुनै अवरोध नआए नयाँ वर्षको पहिलो साता एकता घोषणा हुने वताईएको छ ।

नयाँ शक्ति नेताहरुका अनुसार एकतापछि पार्टीको नेतृत्वबारे पनि मोटामोटी सहमति भएको छ । भट्टराईको नेतृत्व स्वीकार गर्दै एकतामा आउन संघीय समाजवादी फोरमका अध्यक्ष यादव तयार भएका छन् । एक नेताले भने, दुबै नेताले नयाँ शक्तिको आवश्यकता स्वीकार गर्नुभएको छ, त्यसैले दुबै नेता ठूलो हुने गरी एकता हुन्छ ।’

अब नयाँ शक्तिसँग एकता गर्दा भट्टराई संयोजक भए यादव सहअध्यक्ष वा वरिष्ठ नेता एवं संसदीय दलको नेता हुनेछन् । त्यस्तो अवस्थामा राई र श्रेष्ठलाई कुन पद दिने भन्ने टुंगो लागेको छैन ।

नयाँ शक्तिले खसआर्य, मधेसी र जनजाति गरी तीन क्लस्टरको अवधारणा अघि सारेको छ । यस आधारमा उपेन्द्र यादव मधेसी र अशोक राई जनजाति क्लस्टरबाट सहअध्यक्ष हुन सक्छन् । तर, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिका रामचन्द्र झालाई के जिम्मेवारी दिने भन्ने प्रश्न छ ।

अब पार्टी एकतापछि संविधान मानेर स्थानीय चुनावमा जाने कि आन्दोलनमा जाने भन्ने प्रश्न हल हुन बाँकी रहेको नेताचहरुले बताएका छन् ।

 

http://news-nepal.com/%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%B6%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF-%E0%A4%B0-%E0%A4%AB%E0%A5%8B%E0%A4%B0%E0%A4%AE%E0%A4%AC%E0%A5%80%E0%A4%9A-%E0%A4%8F%E0%A4%95%E0%A4%A4%E0%A4%BE/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org