ताजा समाचार

यस्तो छ राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यतालिका

 


काठमाडौँ, ३० चैत । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि वैशाख ४ गते त्यसतर्फ जाने तय भएको छ ।

भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीकशिष्टाचार भेट हुनेछ ।

राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी हुनेछिन् भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी वैशाख ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org