ताजा समाचार

संविधान संशोधन प्रस्तावको समर्थनमा राप्रपा

काठमाडौं ३० चैत । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ ।

आज बसेको राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावमा पार्टीको फरक मत भएपनि असन्तुष्ट दललाई सहमतिमा ल्याई निर्वाचनमा सहभागी गराउन चालिएको सरकारी प्रस्ताव समर्थन गर्ने निर्णय भएको बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्न तयारी तथा केन्द्रको स्वीकृतिमा अन्य राजनीतिक दलहरुसँगको तालमेलका लागि स्थानीय स्तरलाई अधिकार प्रत्यायोजनसमेत गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org