ताजा समाचार

निर्वाचनपछि सत्ता हस्तान्तरण हुन्छ : प्रधानमन्त्री

काठमाडौं, ३१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल  (प्रचण्ड ) ले स्थानीय तहको निर्वाचन सकेलगत्तै जेठ १ गते राजीनामा दिने कांग्रेस नेताहरूलाई बाचा गरेका छन्

कांग्रेस र माओवादीबीच भएका सहमति अनुरुप दाहालले स्थानीय निर्वाचन सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता जाहेर गरेको स्रोतले बताएको छ। उनको राजीनामापछि कांग्रेस सभापति देउले सत्ता पाउने छन् ।

प्रधानमन्त्री दाहालले जेठ १ गते नै राजीनामा दिएर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुला गरिदिने बचन कांग्रेसका नेताहरूलाई दिएको स्रोतको बताएको छ ।

नेताहरूबीच पछिल्लो समय भएका भेटघाटका क्रममा प्रधानमन्त्रीले जेठ १ गते राजीनामा दिने विश्वास दिलाएको कांग्रेसका एक उच्चस्तरीय नेताले बताएका छन् । साथै प्रमुख प्रतिपक्षी एमालेले कांग्रेसलाई सत्ताबाहिर राखेपनि माओवादी सरकारलाई नै काँग्रेसको समर्थन रहने बाचा समेत गरेको स्रोतले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org