ताजा समाचार

एक जनाले मात्र बुझाए हतियार

सुर्खेत ३१ चैत । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउने परिपत्र आज सकिदै छ । तर, एक जनाले मात्र हतियार बुझाएका छन् ।

स्थानीय तहको चुनाव अवधिभर समग्र शान्ति सुरक्षालाई ख्याल गरेर र हतियारका कारण कुनै पनि अप्रिय घटना नहोस् भन्ने हिसाबले इजाजत प्राप्त हतियारहरुलाई  प्रशासनले बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

हतियार संकलनका लागि प्रशासनले सार्वजनिक सुचना संगै जिल्ला प्रहरी कार्यालयलाई हतियार संकलनका लागि १ महिना अगाडि निर्देशन समेत दिएको थियो । प्रसासनले दिएको निर्देशन एक महिना हुदा पनि कसैले नटेरेको प्रसासनको भनाई छ ।

प्रशासनका अनुसार जिल्लाभरी ईजाजत लिएका हतियार १ सय २० थान छन् । तर, सूचना प्रकासन गरेको १ महिना सकिदा पनि जिल्ला प्रहरी कार्यालयमा हालसम्म १ वटा मात्र हतियार बुझाएको छ ।

सरकारले हतियार बुझाउन सार्वजनिक सूचना गर्दा पनि इजजात प्राप्त हतियार लिनेहरुले अहिलेसम्म चासो दिएका छैनन् । यस्तो किन भन्ने प्रश्नमा जिल्ला प्रसासन कार्यालय सुर्खेतका प्रसासकिय अधिकृत हितप्रकास पौडेलले आफूहरुले हरेक क्षेत्रवाट सूचना पु¥याएर प्रयत्न गर्दा पनि हतियार बुझाउन सम्बन्धित व्यक्तिहरु नआएको बताए ।

उनले आफूहरुले सार्वजनिक सूचना गरेको, मिडियाबाट खबर गरेको र स्थानीय साविकका गाउाविकास समितिहरुमा मार्फत सूचना दिएको बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अझै जिल्लामा बुझाउनुपर्ने ईजाजात लिएका १ सय १९ हतियार बाँकि छन बाकी छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org