ताजा समाचार

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं ३ बैशाख । सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने राजकीय भ्रमणका लागि  आउँदा र जाँदा पनि सार्वजनिक विदा दिने बताइएको छ । (वैशाख ४ गते) भारत जान लागेकाले सरकारले मन्त्रीपरिषद्को निर्णयबाट विदाको घोषणा गरेको हो ।

विदाको लागि गृहमन्त्रालयले सरकारलाई प्रस्ताव गरेको थियो । दुई साताअघि नै भ्रमणमा जाने तयारी भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यव्यस्तताका कारण राष्ट्रपति भण्डारीको भ्रमण मिति सरेको थियो ।

राष्ट्रपति भण्डारी बैशाख ५ मा नयाँ दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने र ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागि हुनुहुने कार्यक्रम रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org