आचारसंहिता पालनाबारे सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ : डा.यादव
काठमाडौँ, ३ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय पक्षलाई थप सुदृढ तुल्याएर आमसञ्चारमाध्यमका बीचमा रेडियो नेपाललाई प्रतिस्पर्धी र अब्बल तुल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
‘स्थानीय तह निर्वाचन र आमसञ्चारमाध्यम’ विषयको दुईदिने तालिमको आज सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा उद्घाटन गर्दै उहाँले कसैले भनेको कुरा सुनेको भरमा होइन, वस्तुगत र तथ्यपरक समाचार सङ्कलन र प्रसारणमा रेडियो नेपालले बढी ध्यान पु¥याउन आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “आफ्ना सबै कार्यक्रममा निर्वाचनलाई उच्च प्राथमिकता दिएर रेडियो नेपालले ज्यादै प्रशंसनीय काम गरेको छ, मतदाता शिक्षा अझै जनता बीचमा पु¥याउन आवश्यक छ, निर्वाचनको प्रचारप्रसारका भरपर्दाे साधन राजनीतिक दल भए पनि आचारसंहिता पालनालगायतका पक्षमा सञ्चारमाध्यमले विशेष हेक्का राख्नुपर्छ ।”
राजनीतिक दलबीच देखिएको असहजताको वातावरणले अप्ठेरोमा पार्ने हो कि भन्ने आफूलाई लागिरहेको बताउँदै उहाँले भन्नुभयो, “राजनीतिक दलबीच सहकार्य र सहमतिका आधारमा निर्वाचनको वातावरण छिट्टै सहज र सरल हुनेछ ।”
सो अवसरमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहनेछ भन्नुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले निर्वाचनको नयाँ परिवेशमा प्रयोग भएका नयाँ प्रविधि र निर्माण भएका नयाँ कानुनका बारेमा कम्तीमा पनि जानकारी मिलोस् भन्ने हेतुले तालिम आयोजना गरिएको बताउनुभयो ।
निर्वाचन आचारसंहिताको पालना, मतदाता शिक्षा, संविधानले परिकल्पना गरेको समानुपातिक र समावेशी सिद्धान्तका आधारमा उम्मेदवार बन्न पाउने प्रावधान, गाउँसभा, गाउँ कार्यकारिणी र गाउँ न्यायिक समितिसम्बन्धी व्यवस्थाका बारेमा पनि तालिममा जानकारी दिइनेछ । रेडियो नेपालका सञ्चारकर्मीका लागि आयोजित उक्त तालिममा ४० जनाको सहभागिता छ । रेडियो नेपालबाट हाल स्थानीय निर्वाचनका सन्दर्भमा २१ भाषाभाषीबाट मतदाता शिक्षाको प्रचारप्रसार हुँदै आएको छ । रासस
Comments
अरु समाचार
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...