ताजा समाचार

राष्ट्रपति भारत जाँदा-आउँदा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको कानुन मन्त्री अजयशंकर नायकले जानकारी दिए।

राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो। यसअघि राष्ट्रपति भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी थिइन्।

यद्यपी राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा सरकारी विदा दिने चलन पूर्वराष्ट्रपति रामवरण यादवका पालादेखि तोडिएको थियो।

सन् २०१० मा तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणका बेला गृह मन्त्रालयले परम्परा पछ्याउँदै विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org