ताजा समाचार

दोस्रो कृति ‘भुमरी’ लिएर साहित्यिक बजारमा नेपाल

 

काठमाडौं । साहित्यकार वसन्त नेपालले दोस्रो कृति उपन्यास ‘भुमरी’ लिएर बजारमा आएका छन् । नेपालको पहिलो कृति ‘उल्कापात’ हो । भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

काभ्रे मण्डन देउपुर निवासी नेपालले भुमरी उपन्यासमा भूकम्प र त्यसपछिका असरलाई कलात्मक रुपमा उपन्यास मार्फत् छर्लङ्ग पारेका छन् ।

भूकम्प प्रभावित गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुपालन्चोक, धार्दिङ्ग जिल्लाहरुको स्थलगत भ्रमण गरी तयार पारीएको उपन्यास सरल भाषामा लेखिएको छ ।

 

भूकम्प पीडीतहरुले आफ्ना घर भत्किएपछि भोग्नु परेको पीडालाई उपन्यासमा जस्ताको तस्तै उतारिएको छ । साथै बैदेशिक रोजगारीले समाजमा नेपाली समाजमा ल्याएको विकृतिविसङ्गती र खाडीमा नेपालीहरुले भोग्नु परेका पीडालाई कान्छी पात्र मार्फत् नेपालले यथार्थता झल्काएका छन् ।

 

यो पनि पढ्नुहोस् । 

http://news-nepal.com/%E0%A4%B8%E0%A4%BE%E0%A4%B9%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%80-%E0%A4%A8%E0%A5%87%E0%A4%AA/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org