ताजा समाचार

भारतीय नागरिक यादव लहानबाट अपहरणमुक्त : चार अपहरणकारी पक्राउ

सिराहा ,५ वैशाख । भारतीय नागरिक प्रदिप यादवलाई प्रहरीले सकुसल अपहरणमुक्त गरेको छ । उनी तीन साताअघि अपहरणमा परेका हुन् । साथै प्रहरीले चार अपहरणकारी पक्राउ गरेको छ ।

लहान नगरपालिका १५ बाट मँगलबार सगरमाथा अञ्चल प्रहरी टोलीले यादवलाई अपहरणमुक्त गरेको हो । एसपी शेखर कोइरालाले यादव अपहरणमुक्त भएको पुष्टि गरेका छन् ।
यादव गत चैत २३ गते अपहरणमा परेका थिए ।

प्रहरीले अपहरणमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ तर उनीहरुको परिचय भने खुलाएको छैन । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org