ताजा समाचार

३ सैनिक अधिकारीलाई जन्मकैद फैसला

काठमाडौं, ५ बैशाख । काभ्रे जिल्लाको अदालत काभ्रेले बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाका तीन अधिकारीलाई दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले द्वन्द्वकालमा घरमा बसेकी किशोरीलाई गैरकानुनी रुपमा नियन्त्रणमा लिई ब्यारेकभित्र हत्या गरेको भन्दै महासेनानी बबी खत्री, सहसेनानीहरु अमिल पुन र सुनिल अधिकारीलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३)अनुसार जन्मकैद हुने फैसला गरेको हो ।

मैनालाई नियन्त्रणमा लिएपछि ब्यारेकसम्म लैजाँदा चालक रहेका सेनानी निरञ्जन बस्नेतलाइ भने अदालतले सफाइ दिएको छ । उक्त मुद्दामा जन्मकैदको सजाय ठहर भए पनि मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल १८८ बमोजिम ५ \ ५ वर्षका दरले सजाय प्रस्ताव भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए । ‘प्राप्त तथ्य र प्रमाणका आधारमा यस्तो राय व्यक्त भएको हो । उनले भने
निरञ्जन बस्नेतबाहेक अरु तीन आरोपी अदालतको म्याद गुजारेर फरार भएका थिए । जिरञ्जनको घरमा लगेर अदालतको म्याद टाँसिएको थियो । बबी खत्री अवकाशपछि विदेशमा छन् भने अधिकारी र पुनले सैनिक सेवा छाडेका छन् । कर्तव्य ज्यानको मुद्दा लागेका बस्नेत सेनाका बहालवाला अधिकारी हुन् । सर्वोच्च अदालतको वेबसाइटमा भने ‘अभियोग दाबी पुग्ने भन्ने उल्लेख छ ।

मैना प्रकरणको मुद्दाबारे एक कानुनी व्यवसायीले फरार रहेकाा र अदालती प्रक्रियामा असहयोग गरेका आरोपीले अदालती बन्दोबस्तीको महलको १८८ बमोजिम सजायमा छुट पाउन नहुने बताए । आरोपी फरार रहेकाले जिल्ला अदालतको फैसलामाथि उनीहरुलाई पुनरावेदन दिन पाउने सुविधा हुने छैन । सरकारी वकिलले भने निरञ्जनलाई सफाइ दिएको र कम सजाय भएको आधार देखाई उच्च अदालतमा पुनरावेदन दिन सक्छन् ।

फैसलापछि मैनाकी आमा देवी सुनारले अदालतको फैसला राज्यले कार्यान्वयन गरे मात्रै न्याय हुन सक्ने बताइन् उनले मैनाका हत्यारामाथि कारबाही नहुँदासम्म छोरीको शवको अन्तिम सँस्कार नगर्ने अठोट लिएकी छिन् । शवको अवशेष त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ ।आजको( कान्तिपुर) बाट लिइएको

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org