ताजा समाचार

राष्ट्रपतिबाट यमुना उद्यानमा वृक्षरोपण

नयाँदिल्ली ‘भारत’, ५ वैशाख । मित्र राष्ट्र भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गर्नुभएको छ ।

कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोप्नुभएको हो । राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज सहभागी हुनुभएको थियो ।

यसअघि आज बिहान राष्ट्रपति भण्डारीले यहाँस्थित महात्मा गान्धीको समाधिस्थल, राजघाटमा पुगी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org