ताजा समाचार

खानेपानीको ट्यांकरले आजदेखि अनिवार्य स्टिकर टाँस्नु पर्ने


काठमाडौं, ५ बैशख । खानेपानी व्यवस्थापन बोर्डले काठमाडौं उपत्यकाका खानेपानी बोक्न प्रयोग हुने ट्यांकरहरुले आजदेखि अनिवार्य रुपमा स्टिकर टाँस्नु पर्ने व्यवस्था लागू गरेको छ ।

शुद्ध पानी उपलब्ध होस् र नागरिकको जनस्वास्थ्य माथि कसैले पनि खेलवाड नगरोस् भन्ने उदेश्यका साथ पानी बोक्ने ट्यांकर माथि स्टिकर प्रणाली लागू गर्न लागिएको हो

ट्यांकरबाट ल्याएको पानीको गुणस्तर परिक्षण हुन नसक्दा जनस्वास्थ्यमाथि खेलवाड भएको र सर्वसाधारणसँग मनोमानी रुपले मूल्य लिएको जनगुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरुपता ल्याउन स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको हो ।

आजदेखि ट्यांकरमा हालिएको पानीको परीक्षण गरेर पानीको शुद्धता र गुणस्तरीयताको आधारमा ट्यांकरमा स्टिकर टाँसिने छ ।

पानीको गुणस्तर र शुद्धताको आधारमा स्टिकर प्रदान गरिने भएकोले स्टिकर हेरेर मात्रै पानीको प्रयोग गर्न खानेपानी तथा सरसफाईमन्त्री जीवनबहादुर शाहीले आम नागरिक समक्ष अपिल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org