ताजा समाचार

राष्ट्रपति भण्डारी र प्रवासी नेपालीबीच भेटवार्ता

७ वैशाख, भारत । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भ्रमणको चौथो दिन आज प्रवासी नेपालीहरुले भेटघाट गरेका छन् । राष्ट्रपति बसेको होटेल इम्पेरियलमा पुगेर प्रवासी नेपालीहरुले उनलाई भेटेका हुन् ।

राष्ट्रपति भण्डारी केहीबेरपछि भारतको मुख्य औद्योगिक पश्चिमी राज्य गुजरातको राजकोटस्थित औद्योगिकस्थल अवलोकन गर्न जाने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारी यहाँस्थित गोपाल दुग्ध डेरी उद्योगको अवलोकन भ्रमणपछि आज दिउँसो उडिसा राज्य जाने कार्यक्रम रहेको छ ।

यसैबीच, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आज बिहान भ्रमण दलका सदस्यहरुलाई समीक्षात्मक जानकारी गराएका थिए ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org