ताजा समाचार

सरकारले जेठबाट सवारीमा ‘इम्बोस्ड’ नम्बर प्लेट लागू गर्ने

काठमाडौं, ७ वैशाख । सरकारले जेठदेखि सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ राख्न सुरु गर्ने भएको छ । यसकालागि सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया अघि बढाएको छ ।
अहिलेको नियमावलीमा विभिन्न किसिमका सवारीमा फरक(फरक रंगका प्लेटहरु हुने ब्यवस्था छ इम्बोस्ड प्लेट रहने गरी यसलाई परिमार्जन गर्न नियमावली संशोधनको निर्णय हुनासाथ यसै महिनाको अन्त्यसम्म इम्बोस्ड लागू हुनेछ । नियमावली संशोधन प्रक्रियामा केही ढिलाई भए जेठसम्म घँचेटिनसक्ने अनुमान विभागको छ ।

अहिले इम्बोस्ड प्लेटको जडानबारे विभागका कर्मचारीहरुलाई तालिम दिने काम भइरहेको छ ।

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छापेर डेमोस्ट्रेशन गरिसकेको छ । विभागको मिनभवनस्थित भवनमा मेसिन र उपकरण ल्याएर छाप्ने कामको सबै तयारी कम्पनीले सकाएको छ ।
यो प्लेट लागू गर्न टाइगर डेकाटुरले भ्याटबाहेक ३८।७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का लिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org