ताजा समाचार

सरकारले तोकेको यस्तो छ म्यादी प्रहरीको सेवा सुविधा

काठमाडौं, ७ वैशाख । सरकारले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीका लागि सेवा सुविधा तोकेको छ । आज बसेको मन्त्रीपरिषद् वैठकले ५५ दिनको तलब वापत् ५१ हजार रुपैयाँ पारिश्रमिक पाउने र पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पनि पाउँने निर्णय गरेको हो ।

अघिल्लो निर्वाचनमा जस्तो यस पटकको निर्वाचनमा सरकारले पोशाक सिलाएर दिनेछैन । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपर्नेछ ।

निर्वाचनमा खटिँदा सात दिन म्यादी प्रहरीलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि दिने छ ।

त्यस्तै मन्त्रीपरिषद्ले धुर्मुस–सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निमार्ण गरेको एकीकृत नमूना वस्तीको रजिष्ट्रेशन वापत लाग्ने शुल्क सरकारले छुट दिने भएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले बैशाख १ गते नै मुसहरहरुलाई बस्ती हस्तान्तरण गरिसकेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org