ताजा समाचार

जानीराखौ : यस्ता छन् २४ सै घण्टा ‘ब्रा’ लगाउनुको बेफाइदा

काठमाडौं ।  हरेक महिलालाई आफ्नो भित्री बस्त्रको चिन्ता हुन्छ । आफ्नो शरीरलाई सुन्दर देखाउन होस वा स्वास्थ्यको दृष्टिले होस महिलले भित्री बस्त्रलाई महत्व दिनै पर्छ ।

महिलाले लगाउने ‘ब्रा’ शरीरको साइज अनुरुप नै हुनपर्ने बिज्ञहरु बताउँदै आएका छन् । प्राय महिलाहरुले सानो कपको ब्रा लगाउँदा छाती लामो समयसम्म टाइट रहने र २४ घण्टा ‘ब्रा’ शरीरमा लगाउनु आवश्यक हो भन्ने सोच्छन् । तर यी दुबै धारणा एकदम गलत छ । २४ घण्टा ब्रा लगाउँदा महिलालाइ खतरा पनि हुन सक्छ । यसको बेफाइदा निम्न छन् ।

छाती दुख्ने –

जो महिलाले दिनभर ब्रा  प्राय उनीहरुलाइ छाती दुख्ने समस्या हुन्छ । आफ्नो साइजको ब्रा नलगाउनेलाइ पनि यो समस्या हुन्छ ।

रक्त संचारमा प्रभाव–

२४ घण्टा ब्रा लगाउँदा रक्त सन्चार प्रक्रियामा बाधा पुग्छ । ब्रा टाइट हुँदा कहिलेकाहीँ ब्रेस्ट कोष पनि नष्ट हुन सक्छ ।

ढाड दुख्ने–

दिनभर ब्रा लगाउने महिलालाई ढाड दुख्ने समस्या हुन्छ । खासगरि छोटो साइजको र टाइट ब्रा लगाउने महिलालाई यो समस्या हुन सक्छ ।

छालामा एलर्जी–

२४ घण्टा ब्रा लगाँदा छालामा समस्या हुन सक्छ । कहिले चिलाउने कहिले पोल्ने र कहिल असहज महसुस हुने हुन्छ ।

छाला डढ्ने–

२४ घण्टा ब्रा लगाउने महिलाको छाला डढ्ने समस्या हुन सक्ने खतरा रहन्छ ।

किटाणु फैलने–

हरेक समय ब्रा लगाउँदा शरीरमा चिल्लोपना कायम रहने हुनाले किटाणु फैलने समस्या रहने सम्भावना रहन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org