ताजा समाचार

दोस्रो संविधान संशोधन विधेयक संसदमा टेवल

काठमाडौं । व्यवस्थापिका संसदमा आज नेपालको संविधान दोस्रो संशोधन विधेयक टेवल भएको छ । प्रदेश सीमांकन हेरफेरको प्रस्ताव सहित गत मंसिर १४ गते दर्ता भएको विधेयक फिर्ता लिदै सरकारले गत चैत २९ गते नयाँ विधेयक संसद सचिवालयमा दर्ता गरेको थियो । कानुन मन्त्री अजयशंकर नायकले विधेयक टेवलका लागि गर्नु भएको प्रस्ताव संसदको आजको बैठकले बहुमतले पारित गरेको हो ।

विधेयक प्रस्तुत गर्दै गर्दा प्रमुख प्रतिपक्षी एमाले भने मौन बसेको थियो । सत्तारुढ दल र मधेसी मोर्चा बीच गत शनिवार भएको सहमतिअनुसार नयाँ विधेयक ल्याउँदा संशोधन प्रक्रिया लम्बिने संवैधानिक बाध्यताका कारण सरकारले पुरानै विधेयक टेवल गरेको हो ।

संसदीय प्रक्रियामा हुने संशोधनको समयमा राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनसँग भएको सहमतिअनुरुपको परिमार्जन स्वीकार गर्ने तयारी सरकारले गरेको हो । सरकार र मधेस केन्द्रित दलबीच फास्ट ट्रयाकबाट संविधान संशोधन गर्ने सहमति भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org