ताजा समाचार

पराजुलीका सबै प्रमाणपत्र सुरक्षित छन् : न्याय परिषद्

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तथा न्याय परिषद्का सदस्य गोपाल पराजुरीको एस.एल.सी.को प्रमाणपत्र न्याय परिषद्मा नरहेको भन्ने समाचारको परिषद्ले खण्डन गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परिषद्ले सचिवालयको अभिलेखमा न्यायाधीश पराजुलीको एस.एल.सी. लगायत सबै योग्यताका प्रमाणपत्रका सबै प्रतिलिपीहरु निजको व्यक्तिगत विवरणका साथ सुरक्षित रहेको वताएको हो । समाचार एक राष्ट्रिय दैनिकमा आइतबार प्रकाशित भएको थियो ।

न्याय परिषद् ऐन, २०७३ बमोजिम सबै न्यायाधीसहरुको नागरिकताको प्रमाणपत्र तथा सबै शैक्षिक योग्यताको प्रमाणपत्र लगायत व्यक्तिगत विवरण राख्ने निकाय न्याय परिषद् सचिवालय भएकोमा यस सचिवालयका प्रवक्ता, सूचना अधिकृत वा अन्य आधिकारीक व्यक्तिबाट कुनै सम्पर्क नै नगरी प्रकाशित समाचारमा कुनै सत्यता नभएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org