ताजा समाचार

डीआईजी सिलवालमाथि कारवाही अघि नबढाऊ : सर्वोच्च

काठमाडौं १२ बैशाख। सर्वोच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि छानविन लगायतका कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरु जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजवहावदुर केसीको संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म कुनै कारवाही अघि नबढाउन आदेश दिएको हो ।

आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको मुद्दाको बैशाख १९ गतेबाट पूर्ण इजलासले सुुनुवाई हुँदैछ ।

अब त्यसअघि सिलवालमाथि सरकारले कुनै कारवाही चलाउन नपाउने आदेश जारी भएको सिलवालको पक्षमा बहस गरेका नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले बताए । सरकारी कागज किर्ते गरेको अभियोगमा सरकारले डीआईजी सिलवालमाथि छानविन थालेको थियो ।

 

यो पनि पढ्नुस् । 

 

http://news-nepal.com/%E0%A4%B8%E0%A4%BF%E0%A4%B2%E0%A4%B5%E0%A4%BE%E0%A4%B2%E0%A4%B8%E0%A4%81%E0%A4%97-%E0%A4%85%E0%A4%A6%E0%A4%BE%E0%A4%B2%E0%A4%A4%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%87%E0%A4%B8-%E0%A4%97%E0%A4%B0/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org