ताजा समाचार

बेरोजगार मुक्त गाउँंपालिका बनाउने छु

विद्यार्थी जिवनदेखि राजनीति गर्दै आएका राजु आले मगर नेकपा माओवादी केन्द्रबाट बागमति गाउँंपालिकाका स्थानीय निकायको निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा आफ्नो उम्मेद्वारी घोषणा  गरेका छन् ।

उम्मेद्वारीको घोषणाको क्रममा यस बागमति गाउपालिकाका उपाध्यक्षमा कमला थापा मगर रहेकी छिन् । वडा नं. १ घुसेलका वडा अध्यक्षमा ज्ञानबहादुर लामा रहेका छन् । सदस्यहरुमा कपिल भोम्जन् , सोनम वाइवा , सुनिता थापा रहेका छन् । वडा नं. २ माल्टाका वडा अध्यक्षमा चन्द्र बहादुर भुलुन रहेका  छन् । सदस्यहरुमा घनबहादुर स्याङतान , हरि सरण घिमिरे , सिता कुमारी भुलुन र रुपा परियार रहेका छन् ।

बागमति वडा नं. ३ भट्टे डाडाँका वडा अध्यक्षमा दिपक घिमिरे रहेका छन् । सदस्यहरुमा , नारायण भोम्जन , केवल प्रसाद तिमल्सिना , सावित्रि खड्का र गोपिनी सुनुवार रहेका छन् । वडा नं.४ प्युटारका वडाअध्यक्षमा जुवारलाल लामा रहेका छन् । सदस्यहरुमा कृष्ण प्रसाद न्यौपाने , राजकुुमार भुलुन , कल्पना लामा र कल्लिकुमारी विक रहेका छन् ।
वडा नं. ५ का वडा अध्यक्षमा ओमप्रसाद तिमल्सिना रहेका छन् । सदस्यहरुमा , दिलबहादुर घिसिङ , भिम सिंगार , भिम कुमारी लामा , सरिता विक रहेका छन् । वडा नं. ६ आश्राङका वडा अध्यक्षमा राम सरण घिमिरे रहेका छन् । सदस्यहरुमा पदम बहादुर भोम्जन , सुनमाया भुलुन रहेका छन् । यसैगरी बागमति गाउपालिका वडा नं. ७ गिम्दीका वडा अध्यक्षमा कृष्ण बल रहेका छन् ।

सदस्यहरुमा राजेन्द्र नेगी , दुर्ग बहादुर रुम्बा , बेदमाया तिमल्सिना र बालकुमारी रपाल रहेका छन् । उम्मेदवार घोषणा सभामा अध्यक्षका उम्मेदवार राजु आले मगरले आफ्नो मन्तब्यमा बोरोजगार जनशक्तिहरुका लागि प्रत्येक घरका कम्तिमा एक सदस्य एक रोजगारको योजना ल्याई यो गाउपालिकालाई बेरोजगार मुक्त बनाउने छु । प्राकृतिक स्रोतको पहिचान गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने छु । प्राविधिक शिक्षालय यसै गाउपालिकाको व्यवस्थापनमा सञ्चालन गर्ने छु । खाने पानी प्रत्येक घर घरमा पुर्याउने छु भन्ने कुराहरु राखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org