सत्र जिल्लामा कारागार भवन निर्माण हुँदै
काठमाडौँ, १३ वैशाख । पुराना तथा भूकम्पले क्षति पुगेका भवनको ठाउँमा नयाँ कारागार भवनको निर्माण हुने भएको छ । कारागार व्यवस्थापन विभागले भवन निर्माण विभागसँग सहकार्य गरेर १७ जिल्लामा कारागारको भवन निर्माण गर्न लागेको हो ।
कैदीबन्दीको सङ्ख्या धेरै र भवनको सङ्ख्या थोरै हुँदा समस्या परेपछि भवन निर्माण विभागसँग सहकार्य गरेर भवन निर्माण गर्न लागेको हो ।
विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले भूकम्पले क्षति पुगेका तथा पुराना भवन निर्माणका लागि भवन विभागले सहयोग गर्न लागेकोबताए । उनले भने, “अहिले १० हजार कैदीबन्दी क्षमता भएको कारागारमा १८ हजारभन्दा बढी कैदीबन्दी छन् । यी भवन निर्माण भएपछि केही भए पनि सहज हुने विश्वास हामीले लिएका छौँ ।”
भवन निर्माण विभागको सहयोगमा सर्लाही, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नवलपरासी, पाल्पा, मनाङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, दैलेख, बझाङ र डडेलधुरा जिल्लामा कारागार भवन निर्माण हुँदैछ ।
यसैगरी भूकम्प पुनःनिर्माण प्राधिकरणको सहयोगमा सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, रसुवा, जगन्नाथदेवल, नख्खु, गोरखा, लमजुङ र धादिङको महिला कारागार भवन निर्माण हुन लागेको विभागले जनाएको छ ।
हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेको छ भने बारा र धनुषामा हालसम्म पनि कारागार छैन । रासस
Comments
अरु समाचार
-
मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ६ असोजः मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...