ताजा समाचार

निर्वाचन आयोगको सहमतिमा सरकारले चार सचिवको सरुवा गर्यो

काठमाडौं, १४ बैशाख । बुधबार बसेको मन्त्रिपरिषद बैठकमा निर्वाचन आयोगको सहमति अनुसार सरकारले चारजना सचिवको सरुवा गरेको छ । सरुवा हुने सचिवहरुमा दिनेश थपलिया, केदारबहादुर अधिकारी, सर्वजितप्रसाद महतो र सञ्जय शर्मा रहेका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव पलियालाई मन्त्रिपरिषद बैठकले स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ । थपलिया स्थानीय तहका अनुभवी प्रशासक हुन् । स्थानीय तहको व्यवस्थापनको कामलाई सहज र व्यवस्थित बनाउन थपलियालाई स्थानीय विकास पठाएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

स्थानीय विकासका सचिव केदारबहादुर अधिकारीलाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।यसअघि उनी पहिले पनि प्रधानमन्त्री कार्यालयका सचिवनै थिए । उनी अघिल्ला मन्त्री हितराज पाण्डेका पालामा स्थानीय विकासमा सरुवा भएका थिए ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।राष्ट्रिय प्राधिकरणमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीतप्रसाद महतोलाई सरुवा गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org