ताजा समाचार

राष्ट्र बैंकले बैंकका सीइओ,अध्यक्ष र सञ्चालकको कार्यकाल तोक्न पाउने सर्वोच्चको निर्णय

 

 

काठमाडौं, १४ बैशाख । मँलबार सर्वोच्च अदालतका न्यायदिश दवय केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरेको सँयुक्त इजलाशले राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष र सञ्चालकको कार्यकाल तोक्न पाउने निर्णय गरेको छ ।
२ वर्षअघि नै नारायण सुन्दर श्रेष्ठले राष्ट्र बैंकले कार्याकाल तोकोकोमा राष्ट्र बैंकलाई विपक्षी बनाएर मुद्धा दायर गरेको थियो । अदालतले भने राष्ट्र बैंकको पक्षमा फैसला सुनाएको हो ।

यता, हालै राष्ट्रपतिबाट प्रमाणित बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन( बाफिया ) ले भने कार्यकारी अध्यक्षको कार्यकाल तोकेपनि अध्यक्षलाई अन्य सञ्चालक सरह मानेर पुन नियुक्ति र मनोनित हुन सक्ने व्यवस्था गरेको छ । धेरै अघि कार्यकारी अध्यक्ष रहने व्यवस्था नै खारेज भएको भएपनि अध्यक्षको कार्यकाल लम्ब्याउन यो पदको पुन सृजना गरिएको भन्दै आलोचना भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org