ताजा समाचार

एमालेले आज घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र र महानगरपालिका र उपमहानगरपालिकाका लागि आज उम्मेदवार सार्वजनिक गर्दैछ ।

धुम्वाराहीस्थित पार्टी कार्यलयमा अपरान्ह ३ बजे चुनावी घोषणा पत्र र उम्मेदवार सार्वजनिक गरिने सो पार्टीले जनाएको छ । घोषणापत्रमा आर्थिक समृद्धि र विकासलाई जोड दिईएको भन्दै एमालेले प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने सम्मको महत्वकांक्षी योजना समावेश गरेको छ ।

आर्थिक विकाससँगे सामाजिक सुरक्षा भत्तामा बृद्धि, स्थानीय तहमै रोजगारीको सिर्जनादेखि लिएर कृर्षिको आधुनिकिकरणलाई घोषणापत्रमा समावेश गरिएको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

एक सातायता जारी स्थायी समिति बैठकले पार्टी घोषणा पत्र र उम्मेदवारको टुंगो लगाएपछि एमालेले आज सार्वजनिक गर्न लागेको हो ।

प्रदेश नम्बर ३ र ६ का उम्मेदवार सर्मसम्मत चयन भईसकेकाले उनीहरको नाम आजै सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org