ताजा समाचार

भरतपुर महानगरका माले उम्मेदवारमाथि गोली प्रहार

चितवन १७ बैशाख । चितवनको भरतपुर महानगरपालिका वडानम्बर ११ मा नेकपा मालेका अध्यक्षका उम्मेदवार कृष्ण कुमालमाथि गोली प्रहार भएको छ ।

गोली लागेर घाइते भएका उनको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको नेकपा मालेका जिल्ला सचिव परशुराम लामिछानेले जानकारी दिए ।

भरतपुर–११ बसेनी तर्फको जंगलमा प्रहरीको तालिम चलिरहेको छ । त्यसतर्फ गइरहेका बेला उनीमाथि गोली लागेको हो । प्रहरीको तालिमका क्रममा झुक्किएर गोली लागेको हुनसक्ने अनुमानलाई चितवन मालेले अस्वीकार गरेको छ ।

उनले भने, ‘तालिम केन्द्रभन्दा तीन किलोमिटर वरै गोली लागेको छ ।’ घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org