ताजा समाचार

स्थानीय तह निर्वाचन : यस्ता उम्मेदवार बन्न पाउँदैनन्

काठमाडौं, १९ वैशाख ।स्थानीय तह निर्देशिका २०७३ जारी गरी उम्मेदवारको योग्यता र मनोनयन गर्ने विधि निर्वाचन आयोगले निर्धारण गरेको छ । निर्वाचन । निर्देशकाका अनुसार, कुनै पनि व्यक्ति प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यमा २१ वर्ष पूरा भएको, कानूनले अयोग्य नठहरिएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ ।

सरकारले कुनै पनि निकायमा बसी पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवारका लागि अयोग्य ठहरिने जनाएको छ ।

त्यसैगरी, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषधको बिक्री–वितरण तथा निकासी, पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा जन्मकैद वा २० वर्षभन्दा बढी कैदको सजाय पाई फैसलाका लागि अन्तिम किनारा लागेको व्यक्तिसमेत स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने गोरखापत्र दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org