ताजा समाचार

प्रधानमन्त्रीले दुई फोरम पार्टी अध्यक्षलाई भने – सहयोग गर्नुपर्‍यो

काठमाडौं, १९ वैशाख । राष्ट्रिय प्रजातन्त्रपार्टीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार साँझ फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग सहयोगका लागि आग्रह गरेका छन् ।

प्रचण्डले यादव र गच्छदारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाई पछिल्लो राजनीतिक स्थितिबारे छलफल गरेका थिए । प्रधानमन्त्रीले यादव र गच्छदारसँग छुट्टा–छुट्टै भेट गरेका थिए । प्रचण्डलाई भेट्न यादवसँगै फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि पुगेका थिए ।

सहअध्यक्ष श्रेष्ठले सरकारलाई सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गरेको बताएका छन् । प्रधानमन्त्रीसँगको भेटमा यादवले सरकारलाई समर्थन नगरे पनि संसद्मा दर्ता भएको संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी रहेको जानकारी दिएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org