बुद्धजयन्ती समारोह समिति गठन
काठमाडौँ, १९ वैशाख । यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्ती मनाउनका लागि अखिल नेपाल भिक्षु महासङ्घका उपाध्यक्ष भिक्षु धर्ममूर्तिको संयोजकत्वमा एक सय ४२ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको
छ ।
समितिअन्तर्गत प्रचारप्रसार, समारोह प्रबन्ध तथा विहार शङ्गार, धर्मदेशना, अस्थिधातु प्रदर्शन, खाद्य व्यवस्थापन, अर्थ सङ्कलन, जलपान व्यवस्था, स्वयंसेवक परिचालन र संयुक्त राष्ट्र सङ्घ परिसर बुद्ध जयन्ती कार्यक्रम सञ्चालन उपसमिति गठन गरिएको छ ।
बुद्धजयन्तीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नका लागि जेबीपात्रो प्रकाशन, रक्तदान, बौद्ध कविगोष्ठीसमेत सञ्चालन गरिने छ ।
शाक्यमुनि गौतम बुद्धको जन्म, सम्बोधिलाभ (ज्ञान प्राप्त) तथा महापरिनिर्वाण (निधन) प्राप्त भएको दिनका रुपमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने
गर्छन् ।
स्वयम्भूस्थित आनन्दकुटी विहारमा भूकम्पका कारण क्षति पुगेपछि अहिले मर्मतका क्रममा छ । सोही परिसरभित्र विभिन्न गतिविधिका साथ बुद्धजयन्ती मनाइने छ । नवगठित समितिका संयोजक धर्ममूर्तिले बुद्धजयन्तीका दिन विहारमा आउने भक्तजनलाई सहज दशर्नका लागि आवश्यक सुविधा उपलब्ध गराइने बताउनुभयो ।
Comments
अरु समाचार
-
‘बन्दी जीवनका अत्यास लाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ६ असोजः मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...