ताजा समाचार

‘आचारसंहिता पालना नगर्ने उम्मेदवारलार्इ कडा कारबाही हुन्छ’

काठमाडौं,२० वैशाख । आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई निर्वाचन आयोगले कडा कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले  चेतावनी दिएको छ ।

आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचन ऐन, नियम, कानुन र आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गरिने बताएका छन् ।

काठमाडौंमा बुधबार नेत्रहीन संघले आयोजना गरेको स्थानीय तह निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा यादवले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवार विजयी भए पनि कानुन पालना गर्न/गराउन नसक्ने बताए ।

उनले निर्वाचन प्रचार गर्दा कसैको पनि मानमर्दन गर्ने काम नगर्न पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे ।उनले स्थानीय तहको निर्वाचनमा जनता ज्यादै उत्साही भएको बताए । साथै सबैलाई मतदानमा भाग हुन पनि यादवले आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org