काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेदवारी फिर्ता
बनेपा, २२ वैशाख । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, धुलिखेलकाअनुसार धुलिखेल नगरपालिकमा–४ जनाले, पनौती नगरपालिकामा १० जनाले, मण्डनदेउपुर नगरपालिकामा तीन जनाले, चौरीदेउराली गाउँपालिकामा नौजना गरी कुल २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
केही क्षेत्र दुर्गम भएको र सञ्चारको समस्या भएका कारण विस्तृत विवरण आएपछि उम्मेदवारी फिर्ता लिनेको सङख्या अझै बढ्ने जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताउनुभयोे ।
जिल्लामा कुल दुई हजार ७४० जनाले विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए । छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुई लाख ३० हजार ८४९ मतदाता सङख्या रहेको छ भने १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र रहेको छ ।
चट्याङ लागेर मृत्यु
यसैगरी काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले बेथानचोक गाउँपालिका– १ की २२ वर्षीया ओमकुमारी अधिकारी (लक्ष्मी) को घरबाट बाहिर निस्कने क्रममा चट्याङ लागेर मृत्यु भएको जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...