ताजा समाचार

लागूऔषधसहित झापामा दुई युवक पक्राउ

झापा, २३ बैशाख । लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका–१५ का १९ वर्षीय अधिकारी र मोरङ सिजुवा नगरपालिका–७ का २३ वर्षीय सन्दिप ढकाल रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
उनीहरुलाई सीमा प्रहरी चौकी, नकलबन्दाबाट खटिएको प्रहरी टोलीले डाइजेपाम, फेनारागन र लुपजेसिक २६÷२६ थानसहित पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org