स्थानीय आवश्यकता सम्बोधनको प्रतिवद्धता खोज्दै सर्वसाधारण
पोखरा, २३ वैशाख । स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा घरदैलोमा पुगेका उम्मेदवारसँग सर्वसाधारणले आफ्ना स्थानीय आवश्यकता सम्बोधनको प्रतिविद्धता खोजेका छन् ।
दुई दशकको समयावधिसम्म स्थानीय निर्वाचन हुन नसक्दा जनप्रतिनिधि बिहीनताको राम्रो अनुभव गरेका सर्वसाधारणलाई चुनावी गीत घन्काउँदै गाउँमा उम्मेदवार आउन थालेपछि स्थानीय विकासका सम्बन्धमा प्रतिबद्धता खोज्ने अवसर मिलेको हो ।
गाउँमा खानेपानी, बाटोघाटो जस्ता समस्या नै ठूला समस्याका रुपमा रहने गरेको बताउने भरतपोखरीका ऋषिराम भण्डारी घरघरमा भोट माग्न आउने उम्मेदवारलाई आफूहरूले गाउँका मुख्य खाँचोबारे नै जानकारी गराउने गरेको बताउनुभयो ।
“ठूला कुरा गरेर भएन, गाउँका मुख्य समस्या भनेका खानेपानी र बाटोघाटोका समस्या नै हुन्,” उहाँले भन्नुभयो, “ गाउँका बाटो हिउँदमा मात्र हिँडनलायक हुन्छन्, वर्षा लागेसँगै जोखिमपूर्ण यात्रा गर्नु सर्वसाधारणको बाध्यता बन्ने गरेकाले पक्की सडक बनाउने लगायतका विषयमा उम्मेदवारसँग प्रतिवद्धता माग्ने गरेका छौं ।”
स्थानीय तह निर्वाचनका उम्मेदवारले वास्तविक जनताले के चाहेका छन् भन्ने कुरालाई गम्भीरताका साथ लिनुपर्ने कास्की कालिकाका हरिबहादुर थापा बताउनुहुन्छ ।
जनताको भावना र स्थानीय आवश्यकता बुझ्न सक्ने व्यक्तिलाई नै यो निर्वाचनमा जनताले जिताउने बताउँदै उहाँले भन्नुभयो, – “गाउँका जनतालाई राष्ट्रिय राजनीतिबारे खासै थाहा हुँदैन, चासो पनि छैन, उनीहरूका आवश्यकता भनेको स्थानीय समस्याको समाधान नै हो ।”
तीन दिनको अन्तरालमा काँग्रेस, एमाले, माओवादीलगायतका सबै राजनीतिक दलका उम्मेदवार घरदैलोमा भोट माग्न आइसकेको जानकारी दिँदै उहाँले गाउँमा बाटोघाटो, खानेपानी जस्ता समस्याको समाधान नै आफूहरूको पहिलो आवश्यकता भएको बताउनुभयो ।
खेतीपातीमा निर्भर अधिकांश कृषकले कृषिको व्यवसायीकरण, मल बीउको सुलभताका तथा असिनाजन्य प्रकोपको नियन्त्रण तथा क्षतिपूर्तिका विषयमा उम्मेदवारको ध्यानाकर्षण गराउने गरेको अर्का कृषक चीनबहादुर कुँवर बताउनुहुन्छ ।
“जिल्लाका अधिकांश गाउँमा पछिल्लो समयमा बाँदरको प्रकोपका कारण कृषिको विकल्प खोज्नुपर्ने बाध्यता रहेको छ,” उहाँले भन्नुभयो, “बाँदर व्यवस्थापनका साथै अन्य असिनाजन्य प्रकोपका कारण पीडित बन्ने कृषकलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्थाका लागि स्थानीय तहमा क्रियाशील राजनीतिक दल तथा उम्मेदवारसँग समयमा नै प्रतिवद्धता खोजिनु आवश्यक छ ।” रासस
Comments
अरु समाचार
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...