ताजा समाचार

वरिष्ठ साहित्यकार शर्माको निधन

काठमाडौं,२४ वैशाख । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको कमलादीस्थित आफ्नै निवासमा विहान ४ बजे निधन भएको छ ।र्

अल्जाइमर रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका अगुवा मानिन्छन् । उनी प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष पनि  हुन् ।

शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ बजेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिने र ३ बजे पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने प्रगतिशील लेखक संघका अध्यक्ष मात्रिका पोखरेले जानकारी दिएका छन् ।

विक्रम संंवत १९८६ मा जन्मिएका शर्माका बहिनीलाई चिठी (२००८) र (२०१२), तँ, तिमी, तपाईं, हजुर (२०१४),थुनुवाको डायरी (२०३८) मेरो आमा (२०२३), चर्चित कृति छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org